Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को बम्पर व्यापार, साम्राज्ञी र धिरजको यस्तो क्रेज

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले यो चलचित्र इनिसियल रुपमा सफल भएको मान्न सकिन्छ । आइतबारदेखिको व्यापारले चलचित्रको लगानी नेपालबाट उठ्छ या उठ्दैन भन्ने थाहा हुनेछ ।

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ । शुक्रबार यो चलचित्रले ५५ लाख हारहारीको व्यापार गरेको वुझिएको छ ।
शनिबार चलचित्रको व्यापार १ करोड वरिपरी हुने आँकलन गरिएको छ । शनिबार देशैभरका मल्टिप्लेक्स र सिंगल हल हाउफूल रहे ।

काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको भिड देखियो भने सिंगल हलमा पनि उस्तै क्रेज देखिएको थियो । काठमण्डौ बाहिरका पोखरा, चितवन, इटहरी, धराना, विर्तामोड, दमक, वुटवल, नेपालगञ्ज लगायतका स्टेशनमा चलचित्र हेर्न दर्शक ओइरिएका थिए ।

चितवनमा मात्र यो चलचित्रले शनिबार १० लाख वरिपरीको ग्रस कारोबार गर्ने पत्रकार रवि अधिकारीले जानकारी दिएका छन् । शनिबार चलचित्रका मुख्य कलाकार र निर्देशक विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको गोपिकृष्ण हलमा साम्राज्ञी, धिरज, सारुक र रेनशा पुग्दा दर्शक सेल्फीमा रमाए ।

हलमा साम्राज्ञी र धिरजको क्रेज राम्रो देखियो । यूवतीहरुमा धिरज लोकप्रिय देखिएका थिए । पहिलो चलचित्रबाट नै धिरजले संभावना देखाएका छन् । साढे २ करोड माथिको लगानीमा बनेको यो चलचित्रले दुई दिनमा डेढ करोड माथिको कलेक्शन गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment