Comments Add Comment

सुविन भट्टराईको ‘प्रिय सुफी’

६ असोज, काठमाडौं । लोकपि्रय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘पि्रय सुफी’ विमोचन गरिएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा लेखक भट्टराईसहित अभिनेत्री आँचल शर्मा, गायिकाहरु शीतल मोक्तान र शिवानी मोक्तानले पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंुगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत दाबी गरे । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको दावी छ ।

यसैगरी नायिका आँचल शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन् । आफू पनि पुस्तक पढ्न आतुर रहेको उनको भनाइ छ ।

कार्यक्रममा लेखक भट्टराईले यसअघिका पुस्तकलाई जस्तै सुफीलाई पनि सबैले मन पराउनेमा आफू विश्वस्त रहेको बताए ।  कार्यक्रममा फाइनपि्रन्टका अजित बरालले नयाँ लेखकलाई परिचय गराएका थिए ।

उनले दार्जिलिंङका लेखक छुदेन काविमोलाई आगन्तुकसमक्ष चिनाएका थिए । साथै उनको नयाँ पुस्तक दशैंपछि आउन लागेको उनले जानकारी गराए । कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

त्यसका लागि गायिकाहरु शीतल मोक्तान र शिवानी मोक्तानले गीत गाएका थिए । पुस्तक फाइनपि्रन्टले प्रकाशनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment