Comments Add Comment

न्युयोर्कमा नेपाल-अमेरिकन बिजनेश एक्स्पो

न्युयोर्क । पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्य दुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन -द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

दी ग्रेटर न्युयोर्क च्याप्टर अफ कर्मससंगको साझेदारीमा आयोजित यस एक्स्पोमा १५० भन्दा बढी प्रदर्शनीहरु रहेका थिए भने ३५ सयभन्दा बढी आगन्तुकहरुको उपस्थिति थियो ।

अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले यस किसिमका एक्सपोले दुई देशबीचको व्यापार साझेदारीमा महत्वपूर्ण योगदान मिल्ने बताए । ‘व्यापार र पर्यटन प्रवर्दनका निम्ति यस्ता कार्यक्रम निकै नै महत्वपूर्ण हुन्छ,’ राजदुत कार्कीले भने ।

नेपाल उद्योग तथा वाणिज्य मन्त्रालय अन्र्तगत टे्रड एन्ड एक्सपोर्ट प्रमोशन सेन्टर र नेपाल टुरिजम बोर्डको समेतको सहभागिता रहको कार्यक्रम निकै सफल भएको एक्सपोका कार्यकारी निर्देशक अमित शाहले बताए ।

‘हामीले यस एक्सपोमा ३ कुरामा जोड दिएका थियांै,’ शाहले भने । ‘पहिलो नेपाल अमेरिकाबीच व्यापार प्रवर्द्धन, दोस्रो यहाँ भएको बिज्नेश अन्टरप्रनरहरुलाई अगाडी ल्याउने र तेस्रो यहां रहेका नेपाली व्यापारीलाई अमेरिकी व्यापारीहरुसँग सम्बन्ध विस्तार गर्ने मौका प्रदान गर्ने । ‘

एक्सपोमा ग्रेटर न्युयोर्क च्याप्टरका अध्यक्ष मार्क जेफले आफ्नो संस्था नेपाली उधोगीलाई सक्दो सहयोग गर्ने तयार रहेको बताए ।

नेपाली अमेरिकनले पहिलोपटक यति ठूलो एक्सपो आयोजना गरेको भन्दै अधिकांश वक्ताले बधाइ दिएका थिए । त्यस्तै, अमेरिकामा रहेका साना बिजेनेशका प्रतिनिधि पिटर फेनल, न्युयोर्क मेयर अफिसका ग्रेग बिसप लगायतले एक्सपोको निरन्तरतामा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment