Comments Add Comment

स्रष्टा समाजमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्रष्टा समाजको ११ औँ साधारण सभाले कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा प्रा.डा. गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्ष नवराज तिमल्सिना अवदोषी र सचिवमा जानु धिताल निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा डा. विष्णु राई, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखजङ्ग खत्री, रश्मि रिमाल चुनिएका छन् ।

साधारण सभाका निवर्तमान अध्यक्ष पवन आलोकले विधानअनुसार संरक्षक सदस्यमा रहनका लागि एक लाख रुपैयाँको योगदान गरेका छन् ।

नेपाली लगायतका नेपालमा बोलिने भाषा-साहित्यको सिर्जना, सम्वर्द्धन र विकासमा योगदान पुर्‍याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा रचनात्मक सहयोग पुर्‍याउने उद्देश्यले ०६४ मा नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment