Comments Add Comment

प्रिमियर लिगमा लिभरपुलको अर्को जित

६ असोज, काठमाडौं । साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । साकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।

खेलको २१ औं मिनेटमा माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सलाहले गोल गरे ।

खेलको दोस्रो हाफ भने दुबै टोलीका लागि अतिरिक्त ट्रेनिङ सेसन जस्तै रहृयो । पहिलो हाफमा लिभरपुलले तीन गोल गरेपछि खेलको प्रतिस्पर्धा नै हराएको थियो ।

जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment