Comments Add Comment

बायर्नको लगातार चौथो जित

७ असोज, काठमाडौं । साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा लगातार चौथो जित निकालेको छ ।

शनिबार राति भएको शाल्केलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो । बायर्नको जितमा जेम्स रोड्रिगुएज र रोबर्टो लेवान्डोस्कीले गोल गरे ।

पहिलो हाफको आठौं मिनेटमा रोड्रिगुएजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा थप १ गोल गर्दा शाल्केले भने कुनै गोल फर्काउन सकेन ।

खेलको ६४ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए ।

जितसँगै बायर्नले ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित भएको शाल्के भने अंक बिहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment