Comments Add Comment

८२ किलो सुनबाट बनेको दुनियाँकै ठूलो औँठी

दुनियाँमा सुनचाँदीका शौखिन मानिसहरुको कमी छैन । सुनका गहनाहरु किन्न मान्छेहरु मरिहत्ते गर्छन् । महिला होस् वा पुरुष सुनका औँठीहरुप्रतिको आशक्ति अचम्मको हुन्छ । आज हामी तपाइँलाई यस्तो औँठीबारे बताउँदैछौँ जुन चानचुने होइन । यो दुनियाँकै सबैभन्दा ठूलो सुनको औँठी हो, जुन ८२ किलोभन्दा धेरै सुनबाट बनेको छ ।

चीनको एक कम्पनीले यो औँठी बनाएको हो । सांघाइमा हालै यो औँठीको प्रदर्शनी गरिएको छ ।

८२.२ किलो सुनबाट बनेको यो औँठीमा ९९.९९ प्रतिशत शुद्ध सुनको प्रयोग गरिएको छ । यो औँठीको मूल्य झण्डै ४८ करोड रुपैयाँ पर्ने बताइएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले यो औँठीलाई विश्वको सबैभन्दा ठूलो औँठीको रुपमा दर्ज गरिसकेको छ ।

यसअघि यो कीर्तिमान युएइको नाममा थियो । युएर्इको दुबईमा यसअघि ६४ किलोको औँठी बनाइएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment