Comments Add Comment

‘दि कर्मा’को फस्टलुकमा हिरोको सुगठित शरीर

भारतीय मोडल करण वर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दि कर्मा’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक भएको छ । फस्टलुकमा उनको सुगठित शरीरलाई स्थान दिइएको छ । जय राज रायले निर्माण गरेको यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई चलचित्रमा मुख्य रुपमा प्रस्तुत गरिएको छ । यो चलचित्र मंसिर ७ गतेबाट रिलिज हुने भएको छ । निशा खतिवडा निर्मात्री रहेको चलचित्रमा अष्ट महर्जनको एक्सन छ । चलचित्रमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment