Comments Add Comment

नारायणी अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

७ असोज, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

दैनिक उपचारमा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
अस्पतालमा दैनिक ७ सयसम्म बिरामीहरु उपचारका लागि आउने गरेकामा अधिकांश बिरामीमा भाइरल ज्वरोको समस्या देखिएको नारायणी उपक्षेत्रीय अस्पालका डा राकेश झाले जानकारी दिए

‘तीन सय बिरामी प्रत्येक दिन हेर्छौं, ५० प्रतिशतभन्दा बढीमा ज्वरो, रुघाखोकीको बिरामी देखिएका छन्, यसलाई भाईरल फ्लु अथवा समर फ्लु भन्ने गरिन्छ ।’ झाले छोटो अवधीमा धेरै ज्वरो आउने, आँखा रातो हुने, सिंगान आउने, खोकी लाग्ने, खोक्दा खकारको रंग परिवर्तन हुने लक्षण अधिकांश बिरामीमा देखिएको बताए ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. एनामुल हकले अहिलेको मौसम भाइरल फिभर बढी देखापर्ने मौसम भएको बताए । ‘अहिलेको मौसम बच्चादेखि वृद्ध सबैलाई ज्वरो आउने मौसम हो’, उनले भने, ‘बाहिर हिँड्डुल गर्दा र खानपिनमा विशेष ध्यान दिनुपर्छ । ज्वरो आउँदा हेलचेक्रयाँई गर्नुहुन्न ।’

‘इन्टेस्टाइनल फ्लु’ भाइरसबाट एक अर्कामा सजिलै सर्ने भएकोले सचेत हुन चिकित्सकले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment