+
+

ग्रामीण विकास लघुवित्तले हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते ११:३८

७ असाेज, काठमाडाै‌ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले १ : ०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने र एक कित्ता भन्दा कम फ्राक्सनमा रहेका संस्थापक÷सर्वसाधारण शेयरधनीहरुलाई कम्तीमा एक कित्ता हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको छ ।

साथै विशेष साधारण सभाले संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा उल्लेख भएको पुँजी संरचनामा संशोधन गर्ने र हकप्रद शेयर आवेदन गर्ने हक जुन समूहको शेयरधनी संस्थापक/सर्वसाधारणको हो सोहि समूह अन्तर्गत भर्न हक हस्तान्तरण गर्न दिने समेत निर्णय गरेको छ । यसरी हकप्रद शेयर निश्कासन भए पश्चात संस्थाको चुक्ता पुँजी रु. ९८ करोड २५ लाख पुग्ने भएको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले स्वागत मन्तव्य राख्दै हकप्रद शेयर जारी गर्नु पर्ने आवश्यकता वारेमा विस्तृत रूपमा प्रकाश पार्दै हकप्रद शेयर जारी पश्चात पुँजीकोषमा सुधार एवं पुँजीको अवस्था सुदृढभई संस्थाको व्यवसाय विस्तारमा ठूलो मद्त मिल्ने बताए ।

सोही अवसरमा नेपाल सरकारको तर्फबाट सभामा प्रतिनिधित्व गरेका आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले नेपाल सरकारको गरिबी निवारण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले महत्वपूर्ण भुमिका निर्वाह गरेको कार्यको प्रशंसा गर्दै विषेश साधारण सभाको सफलताको कामना गरे ।

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रूपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आ.व. २०७४÷७५ को आषाढ मसान्तसम्म देशका ५७ जिल्लामा रहेका १८८ वटा शाखा कार्यालयहरू मार्फत ३५८ विभिन्न स्थानिय तहमा सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?