Comments Add Comment

४ महिनामा विप्लव र सिके राउत समूहका २ सय ९४ जना समातिए

७ असोज, काठमाडौं । नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता, कार्यकर्तासम्म छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ३ महिनाको अवधिमा प्रदेश १ बाट मात्रै एक सय ५ जना पक्राउ परेका छन् ।

उनका अनुसार झापाबाट २०, सुनसरीबाट २४, ताप्लेजुङबाट २, उदयपुरबाट ४, सोलुखुम्बुबाट २, ओखलढुंगाबाट १, धनकुटाबाट ६, संखुवासभाबाट ७, इलामबाट १४, पाँचथरबाट ७, खोटाङ र मोरङबाट ३/३, तेह्रथुमबाट ९ र उदयपुरबाट एक जना पक्राउ परेका छन् ।

‘प्रदेश २ बाट जम्मा ५ जना पक्राउ परेका छन् । जसमा पर्साबाट २, सर्लाहीबाट १ र महोत्तरीबाट २ जना छन्’, क्षेत्रीले भने, ‘प्रदेश ३ बाट एक सय जना पक्राउ परेका छन् ।’

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट ५०, ललितपुरबाट ७, भक्तपुरबाट ११, मकवानपुरबाट ६, चितवनबाट १३, रसुवाबाट ६, काभ्रेबाट २, दोलखा र धादिङबाट १÷१ र सिन्धुलीबाट ३ जना पक्राउ परेका छन् ।

प्रदेश ४ मा ११ जना समातिएका छन् । पर्वत, तनहुँ र म्यादीबाट २/२, गोरखा, लमजुङ कास्की, मुस्ताङ र बागलुङबाट १÷१ जना पक्राउ परेका हुन् । प्रदेश ५ मा ७ र प्रदेश ६ मा २१ जना पक्राउ परेका छन् ।

‘५ नं. प्रदेशमा रोल्पा र रुपन्देहीबाट १/१, प्यूठानबाट २ र बाँकेबाट ३ जना गरी ७ जना पक्राउ परेका हुन्’, थापाले भने, ‘प्रदेश ६ मा सल्यानबाट ५, डोल्पाबाट ७, मुगुबाट ५, दैलेख र कालिकोटबाट २/२ जना पक्राउ परेका छन् ।’

प्रहरीले प्रदेश ७ मा १४ जनालाई पक्राउ गरेको छ । डडेल्धुराबाट १, कैलालीबाट ७, बैतडी र बझाङबाट ३/३ जना पक्राउ परेका हुन् ।

सीके राउत समूहका ३१ कार्यकर्ता समातिए

प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका नाममा तराईमा गतिविधि गर्दै आएका सीके राउत समूहका ३१ जना कार्यकर्तालाई पनि यही अवधिबाट पक्राउ गरेको छ ।

धनुषाबाट २८ र सिराहाबाट ३ जना सीके राउतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

यसअघि ०७४ सालमा रुपन्देहीबाट ८, झापाबाट १, बाँकेबाट ३, बर्दिया र कलिवस्तुबाट १/१ गरी १४ जना पक्राउ परेका थिए ।
पक्राउ परेहरु कतिपयमाथि अझै अनुसन्धान जारी छ भने कतिपय धरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment