Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगको ट्रफी सार्वजनिक, ११२ खेलाडी अनुबन्धित

७ असोज, बुटवल । आगामी कात्तिकको अन्तिम साता रुपन्देहीको तिलोत्तमामा संचालन हुने दोस्रो तिलोत्तमा पि्रमियर लिग क्रिकेट प्रतियोगिताका लागि ११२ जना खेलाडी अनुबन्धित भएका छन् ।

तिलोत्तमा प्रिमियर लिगमा खेल्ने खेलाडीका लागि विभिन्न ८ वटा टिमले अक्सनका आधारमा खेलाडी छनोट गरेका हुन् ।

नेपालका राष्ट्रिय, क्षेत्रीय, जिल्ला, स्थानीय र विद्यालय तहका २७१ खेलाडीहरु अक्सनका लागि मैदानमा उत्रेकोमा १५९ खेलाडीहरु छनोटमा पर्न सकेनन् ।

अक्सनमा रोयल शंकरनगरले सबैभन्दा बढी रकम खर्च गरेको छ । शंकरनगरले एक लाख ३५ हजार ५ सय खर्चेर सन्दीप सुनार, सुसान भारी, फैजन खान, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ,आशिष गुरुङ र विशाल भुसाललाई आफ्नो टिममा पारेको छ ।

त्यस्तै ज्ञानोदय गोल्ड्सले एक लाख ३१ हजार खर्चेर सन्तोष क्षेत्री, रोशन क्षेत्री, रमेश ढकाल, देवेन्ऽ सोमरे, निर्मल थापा, राहुक विक,आनन्द गौड, विशाल सुनार, युवराज सेन, केदार बस्नेत, प्रथम पराजुली, गोविन्द खत्री, जितेन्द्र सहानी र मनिष पौडेललाई अनुवन्ध गरेको छ ।

यसैगरी मणिग्राम किङ्सले एक लाख २८ हजार खर्चेर कृष्ण कार्की, लालबहादुर अधिकारी, कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, सन्दीप रसाइली, इमराम खान, राहुल लोहर, सुवास बिक, ईश्वर गुरुङ, विधान सुनार, सुशील खरेल, कृष्ण भुसाल र भुवन गैरेलाई किनेको छ ।
रोयल च्यालेन्जर भैरहवाले पनि एक लाख २८ हजार नै खर्चेर इखलाक अहमद, प्रकाश केसी, रमेश कुर्मी, सन्दीप केसी, सिजन मकाजु, रोशनलाल गुप्ता,आसुतोश पासवान, मैनुद्दिन कजु, धिरज शाही, गणेश गौडेल, विवेक न्यौपाने,अहमद हुसेन, सुशान्त थापा र रोशन चौधरीलाई आˆनो टिममा पारेको छ ।

नुसि वारियर्स मणिग्रामले कुशल भुर्तेल, अजय कौशिला, सौरभ भुर्तेल, अर्जुन रायमाझी, सागर शर्मा, अख्तर हुसेन, सुनिल पौडेल, सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन, वीरेन्द्र ज्ञवाली, महेश राना, अंकित कंडेल र निश्चल पोखरेललाई किनेको छ ।

बुटवल डाइनामाइटले राहुल शर्मा, सौरभ खनाल,साहब आलम, मनिल गुरुङ, प्रज्ज्वल थापा, विकास श्रेष्ठ, केशव पौडेल, जगत क्षेत्री, देव खनाल, हरजित सिंह, अर्बिन सारु,तौसिब आलम, कमल जैसी,अभिसेख गौतमलाई अनुवन्ध गरेको छ ।

लुम्बिनी कासाईले महेश मिश्र, कुशल मल्ल,मानबहादुर थापा,रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल,नागेश्वर मिश्र, सुनिल धवल, अमर मिश्र र दिवस सेन्चुरीलाई आफ्नो टिममा पारेको छ ।

एसआर एनएससिए टाइगर्सले निश्चल चौधरी, अनिल खरेल, विक्रम भुसाल, मनिष थापा, तुलबहादुर थापा, सुरज दराई, दुर्गेश गुप्ता, महेन्ऽ सुवेदी, अर्जुन गिरी, दामोदर बस्याल, विवेक शर्मा, शंकर राणा, आयुश पुर्जा र प्रकाश गिरीलाई आफ्नो टिममा अनुवन्ध गरेको छ ।

प्रतियोगिताले जिल्लास्तरमा रहेका खेलाडीहरुको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडीहरुसँग खेल अनुभव साटासाट गर्ने अवसरका साथै खेलाडीहरुलाईसमेत प्लेटर्फम मिल्ने आयोजक तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले बताए ।

प्रतियोगिताको विजेताले नगद तीन लाख तथा उपविजेताले नगद एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक भुर्तेलले जानकारी दिए ।

रुपन्देहीमा तिलोत्तमा क्रिकेट विकास समितिले गत वर्ष पहिलोपटक अक्सनका आधारमा तिलोत्तमा पि्रमियर लिग खेल्ने खेलाडी छनोट गर्न शुरुवात गरेको थियो ।

आयोजकले लिगको ट्रफि पनि सार्वजनिक गरेको छ । क्रिकेट एशोसिएसन अफ नेपाल रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लले खेलाडी अक्सनका अवसरमा ट्रफि सार्वजनिक गरेका हुन् ।

मल्लले अक्सनका आधारमा प्रतियोगिताका लागि खेलाडी किनबेच हुनुले नेपालको क्रिकेट विस्तारै व्यवसायिक र स्तरीय बन्दै गएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment