Comments Add Comment

उपल्लो तहबाट राजधानी सार्ने खेल हुँदैछः मुख्यमन्त्री पौडेल

७ असोज, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राजधानी सार्ने खेल फेरि सुरु भएको बताएका छन् ।

चुनावी सरकारले प्रदेशको अस्थायी राजधानीको रुपमा हेटौंडालाई तोकेको छ । त्यसअनुसार आवश्यक संरचना तयार भएपनि पुनः राजधानी सार्न खेल सुरु भएको मुख्यमन्त्री पौडेलले बताए ।

हेटौंडामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले भने, ‘राजधानी हेटौंडामा नराख्ने पक्ष पनि देखिएका छन् । हेटौंडालाई प्रदेशको राजधानी कायम राख्न तपाई सञ्चारकर्मीहरुको हुन सक्ने सहयोग आवश्यक छ ।’

हेटौंडालाई राजधानी बनाउने र सम्बृद्धि हासिल गर्ने मिसनमा साथ दिन उनले पत्रकारहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment