Comments Add Comment

मौसम अम्बाकोः जान्नुहोस् यसको फाइदा

अम्बा यस्तो फल जुन नेपालको तराईदेखि पहाडसम्म उपलब्ध हुन्छ । सर्वसुलभ फल भएता पनि अम्बा मानिसका लागि अत्यन्तै स्वस्थकर हुन्छ ।

यसमा कुनै प्रकारका विषादी प्रयोग नगरिने भएकाले स्वास्थ्यमा कुनै असर पुर्‍याउला भन्ने चिन्ता पनि लिनु पर्दैन । अम्बा फल मात्र नभएर थुप्रै रोगको औषधी नै हो ।

अम्बाबाट स्वास्थ्यमा के मिल्छ ?

– अम्बा क्याल्सीयम, भिटामिन सी, ए, आइरन, फाइवरलगायतका भिटामिन तथा मिनरल्सको निकै राम्रो श्रोत हो । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

– अम्बामा भएका मसिना दानाले शरिरमा मेटावोलिजमको मात्रालाई सन्तुलित राख्ने काम गर्छ । जसले गर्दा पाचन प्रणाली स्वस्थ रहनको लागि सहयोग पुग्छ । उक्त दानामा भएका रसायनयुक्त पदार्थले पनि पाचन प्रणालीलाई सुदृढ गर्न अहम भूमिका निर्वाह गर्छ ।

उमा कोईराला, पोषणविद्

– अम्बा भिटामिन एको पनि निकै राम्रो स्रोत भएकाले आखाँलाई स्वस्थ राख्ने काम गर्छ । यसको सेवनले मोतियाविन्दु, आँखाको धम्बा हुनबाट बचाउने मात्र होइन दृष्टि क्षमतासमेत पढाउने काम गर्छ ।

– यसमा भएको आइरनले शरिरमा रगतकोशिका बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । जसको कारण रक्तअल्पतालगायत रगतसम्बन्धी कैयौँ समस्याबाट बच्न सकिन्छ ।

बच्चाको लागि अति लाभदायक

– बालबालिकालाई लागि अम्बा एक उत्कृष्ट फल हो । यसमा भएको बालबालिका लागि अतिआवश्यक भिटामिन, आइर, मिनरल्सले उनीहरुको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्छ ।

– बालबालिकामा पाचन प्रणालीमा अत्याधिक समस्या देखिने गर्छ । अम्बाको सेवनले त्यस्तो समस्यालाई दुर गर्ने काम गर्छ । जसले गर्दा बालबालिका कैयौँ रोगबाट बच्न सक्छन् ।

– अम्बाले बच्चाको हाड बलियो बनाउनमा सहयोग पुर्‍याउँछ । यसका साथै कब्जीयत हुनबाट पनि बचाउँने गर्छ ।

अम्बा यसकारण औषधी

– अम्बामा भएको अत्यधिक फाईबरको मात्राले शरिरमा कार्वोहाइड्रेटलाई सन्तुलन राख्ने काम गर्छ । र, इन्सुलिनको मात्रा पनि स्थिर रहन जान्छ । त्यस्तैले अम्बाले मधुमेहको समस्याबाट बचाउनमा भुमिका खेल्छ । यसले ‘टाइप-टू’ मधुमेहका विरामीका लागि औषधीकै काम गर्छ ।

– अम्बाले क्यानसरजस्तो खतरनाक रोगबाट बचाउनमा पनि सहयोग पुर्‍याउँछ । त्यसैले यसलाई दैनिक आहारमा प्रयोग गर्न सकिन्छ । अम्बामा एन्टि-अक्सिडेन्टको मात्रा पनि हुन्छ । जसले प्रोस्टेट र ब्रेस्ट क्यान्सरको सम्भावनालाई कम गर्छ ।

– अम्बा कपरकोसमेत निकै राम्रो स्रोत हो । कपरले थाइराइडको समस्यालाई नियन्त्रण गर्न सहयोग गर्छ । अम्बाले थाइराइड ग्रन्थीलाई पनि स्वस्थ राख्ने काम गर्छ ।

– तपाई कब्जीयतको समस्याले ग्रस्त हुनुहुन्छ भने आजैदेखि अम्बाको सेवन गर्न शुरु गर्दा हुन्छ । जसले निकै राहात प्रदान गर्छ ।

– यसले मस्तिष्कको विकासमासमेत सकरात्मक भूमिका खेल्छ । भिटामिन बी, थ्री र सीक्स पाइने भएकाले अम्बाको सेवनले पस्तिष्कको रक्तसञ्चार बढ्न जान्छ । यसले कग्नेटिभ क्रियाकलामा सुधार ल्याउनुका साथै ध्यानकेन्दित गर्नमा पनि भूमिका खेल्छ ।

– यो रुघा, खोकी लागेका मानिसलाई अम्बा औषधी नै सावित हुन्छ ।

– अम्बालले उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ । त्यतिमात्र नभएर यसले कोलेस्टोललाई पनि नियन्त्रणमा राख्छ । जसकारण तौल कम गर्न चाहने मानिसको लागि फाइदा पुग्छ । यसमा भएको पोटाशियमले रक्तसञ्चारलाई सन्तुलित राख्न भूमिका खेल्छ ।

– अम्बाले छालालाईसमेत स्वास्थ राख्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment