Comments Add Comment

एपीएफ क्लबलाई महिन्द्राको साथ, फुटबल र क्रिकेटका लागि २ करोडको प्रायोजन

७ असोज, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले फुटबल तथा क्रिकेटका लागि अग्नि इन्कर्पोरेटेड प्रा लि (महिन्द्रा) बाट दुई करोड रुपैयाँको प्रायोजन पाएको छ । प्रायोजन पाँच वर्षका लागि रहनेछ ।

आइतबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महिन्द्राका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले आगामी पाँच वर्षको लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

यस्तै सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र महिन्द्राका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खेलकुद प्रायोजनसम्बन्धी सम्झौता हस्तान्तरण गरे । यस्तै महिन्द्राले सोही कार्यक्रममै जर्सी पनि हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment