Comments Add Comment

सेयर बजार २ अंकले बढ्यो, ७० करोडको कारोबार

७ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । आइतबार सेयर बजार २ दशमलव ६१ अंकले उकालो लागेको हो ।

सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । सेयर कारोबार रकम करिब ७० करोड रुपैयाँ पुगेको छ ।

दिनभरमा १ सय ६७ कम्पनीको ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६९ करोड ८४ लाख ९ सय ६७ रुपैयाँ पुगेको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको ७ करोड ४ लाख ६२ हजार ९९ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment