Comments Add Comment

आरोहण गुरुकुलमा ‘एक चिहान’

७ असोज, मोरङ । आरोहण गुरुकुल विराटनगरमा चर्चित उपन्यास ‘एक चिहान’मा आधारित नाटक ‘एक चिहान मञ्चन सुरु भएको छ ।

हामी युवाको अयोजनामा स्वर्गीय उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तर गरी मञ्चन सुरु गरिएको हो । शनिवारबाट सुरु भएको नाटक १६ गतेसम्म प्रत्येक दिन मञ्चन गरिने निर्देशक मुकेश कर्णले जानकारी दिए ।

स्व. उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’ कक्षा ११ को पाठ्यक्रम पनि समाबेश छ ।

पहाडी गरिबी परिबेसमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अप्ठ्याराहरुका बारेमा ब्याख्या गरिएको छ ।

मुकेश कर्णले निर्देशन गरेको नाटकमा देबेन्द्र यादव, सुरेश मण्डल, अश्मिना भट्टा कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजबंशी, अनु श्रेष्ठ, समीक्षा कार्की, बिकास पराजुली, प्रेम दाहाल, सुबास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment