Comments Add Comment

पर्सिजा जर्कातामा रोहित चन्दको उत्कृष्ट गोल

७ असोज, काठमाडौं । इन्डोनेसियाको लिगमा पेरसिब बानदुङविरुद्धको खेलमा पर्सिजा जकार्ताबाट नेपालका रोहित चन्दले उत्कृष्ट गोल गरेका छन् ।

खेलको ६५ औं मिनेटमा फ्रिकिकमा आएको बललाई रोहितले राम्रो हेडिङ गरेर गोल गरेका हुन् । जसले खेल २-२ को बराबरीमा पुगेको थियो ।

रोहितले उत्कृष्ट गोल गर्दै बराबरी गरे पनि इन्जुरी समयमा गोल खाँदा पर्सिजा ३-२ ले पराजित भएको छ ।

खेलको २९ औं मिनेटमा पेरसिबले अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा पर्सिजाले बराबरी गोल गर्‍यो । त्यसपछि ६० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर पेरसिबले पुनः अग्रता बनायो ।

रोहितले ६५ औं मिनेटमा गरेको गोलले बराबरी भए पनि पेरसिबले इन्जुरी समयमा गोल गरेर खेल जित्यो । खेलको ९० औं मिनेटमा नै रोहित सब्सिच्युड भएर बाहिरिएका थिए ।

पेरसिब लिग तालिकाको शीर्ष स्थानमा छ भने पर्सिजा छैठौं स्थानमा रहेको छ ।

हेर्नुहोस् रोहितले गरेको गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment