Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आमरण अनशनमा

७ असोज, मोरङ । पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका ६ जना विद्यार्थीले आमरण अनशन सुरु गरेका छन् ।

आन्दोलनका लागि जनकपुरबाट विराटनगर आएका ६० विद्यार्थीमध्ये ६ जनाले पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय अगाडि आमरण अनशन सुरु गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको मोडल कलेज जनकुपरमा चारबर्षे इन्जिनियरिङ अध्ययन गर्दै आएका विद्यार्थीहरु दोस्रो सेमेष्टरको परीक्षा तोकिएपछि केन्द्र सार्नुपर्ने, केन्द्राध्यक्षलाई कारवाही गर्नुपर्ने र छुटेको परीक्षा दिन पाउनुपर्ने माग सहित अनशनमा बसेका हुन् ।

२६ गतेबाट परीक्षा बहिस्कार गर्दै आन्दोलन गरिरहेका विद्यार्थीहरुले माग पूरा नभएपछि आइतबारबाट अनिश्चितकालीन आमरण अनशन बसेका हुन् ।

इन्जिनियरिङ अध्ययनरत जयप्रकाश ठाकुर, मुकेशकुमार सिंह, दिपक यादव, अमित साह, पुष्पेन्द्र यादव र प्रकाश साह आमरण अनशनमा बसेका छन् ।

केन्द्राध्यक्ष वीरेन्द्र साहले आफ्नै लगानीको कलेजमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थी विरोधमा उत्रिएको विद्यार्थी सरोज यादवले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, माध्यमिक शिक्षा बोर्ड र सिटीईभिटीको कोर्स सञ्चालन हुदै आएको एउटै भवनमा परीक्षा केन्द्र तोक्दा आर्थिक चलखेल भएकाले आन्दोलन सुरु गरिएको यादवले बताए ।

६ महिना अघि परीक्षा सञ्चालन भएको भवनमा विद्यार्थीमाथि दुर्व्यवहार भएको थियो । विद्यार्थीहरुलाई दुब्र्यवहार गर्ने भवनमा पुनः परीक्षा केन्द्र तोक्दा आर्थिक चलखेल भएकाले आन्दोलन सुरु गरिएको यादवले जानकारी दिए ।

‘हामी भदौ २६ गतेदेखि सुरु परीक्षा छाडेर आन्दोलनमा उत्रिएका छौं । यादवले भने ‘ जनकपुरबाट आन्दोलन गर्दा नसुनेपछि बिहीबारदेखि पूर्वाञ्चल विश्वविद्यालय कार्यालयमा आएर आन्दोलन सुरु गरेका हौं ।’ माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment