Comments Add Comment

यी औषधीको सेवनले लाग्नसक्छ है मानसिक रोग

शरीरलाई स्वस्थ राख्न हामी विभिन्न प्रकारको औषधीको सेवन गछौ । त्यस्ता औषधी कहिले चिकित्सकको सल्लाहमा सेवन गर्छौ, कहिले चाहि हामी आफ्नै मर्जी वा औषधी पसलेको सिफारिसमा खरिद गर्छौं । सेवन गर्छौं ।

जबकी, त्यस्ता कतिपय औषधीको सेवनले डिमेन्सियाको समस्या निम्त्याउन गरेको चिकित्सकहरुको भनाई छ ।  चिकित्सकका अनुसार डिमेन्सिया एक प्रकारको मानसिक रोग हो । यसका विभिन्न प्रकार हुन्छन्, जसमध्य अल्जाइमर प्रमुख हो ।

डिमेन्सिया भएमा व्यक्तिको स्मरण शक्ति क्षीण हुने गर्छ । डिमेन्सिया भएमा व्यक्तिमा ४८ घण्टा भित्रको कुरा विर्सने देखि अन्य विभिन्न प्रकारको मानसिक समस्या उत्पन्न हुने गर्छ । त्यसैले, डिमेन्सिया हुनबाट जोगिनका लागि यस्ता औषधी सेवन स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

एलर्जीको औषधी

विभिन्न प्रकारका मानिसलाई विभिन्न किसिमको एलर्जी हुने गर्छ । र, एलर्जीको निदानका लागि मानिसहरु चिकित्सकहरुको सल्लाहमा विभिन्न प्रकारको औषधीको सेवन गर्छन् । तर, त्यस्ता औषधीको सेवन गर्नु पूर्व चिकित्सकसित त्यस्ता औषधीमा एन्टीहिस्टामाइन तत्वको मात्रा अत्याधिक मात्रामा छ कि छैन सोध्नुपर्छ ।

सियाटलस्थित युर्निभर्सिटी अफ वासिङ्गटनमा गरिएको एक शोध अनुसार लगातार तीन वर्ष वा सो भन्दा बढी समय यस किसिमको औषधी सेवन गर्नेहरुमा सामान्य मानिसको तुलनामा डिमेन्सिया हुने सम्भावा दश प्रतिशत भन्दा बढी हुने गर्छ ।

निद्राको औषधी

लामो यात्राका दौरान एक देशबाट अर्को देशमा जाने क्रममा निद्रामा खलल नपरोस् भन्नका लागि कतिपय व्यक्तिहरु स्लिपिङ्ग ट्याब्लेट्स अर्थात निद्राको औषधी खान्छन् ।  कहिलेकाही यस्ता औषधीको सेवनले स्वास्थ्यमा खासै असर नगरेपनि नियमित रुपमा यस्ता औषधीको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अनुसन्धानले जनाएको छ ।

न्युर्योकस्थित माउन्ट सिनाई स्कुल अफ मेडिसिनमा उल्लेख गरिए अनुसार ६५  वर्ष उमेर पार गरेका दश प्रतिशत मानिसमा डिमेन्सिया हुनुमा निद्राको औषधीको सेवन मुख्य कारण भएको पाइएको थियो । त्यसैले, डिमेन्सियाबाट बच्नका लागि पनि अहिले देखि नै दिनचर्यामा सुधार तथा निद्राको लागि योग राम्रो विकल्प हुनसक्छ ।

माउन्ट सिनाई स्कुल अफ मेडिसिनको शोधमा उल्लेख भए अनुसार निद्राको औषधीले मस्तिष्कलाई निष्क्रिय बनाउँछ र मानिसलाई यसको लत लाग्छ ।

मानिसहरु यसलाई भिटामिनको चक्कीको रुपमा लिने गर्छ जसका कारण उनीहरुको स्वास्थयमा दीर्घकालीन असर पर्ने गर्छ । किनकी यसमा पाइने जोल्पिडम, डायजेपमा, क्लोनाजेपम, एल्पराजोलम तथा लोराजेमापम जस्ता नुनले निद्रालाई बढावा त दिन्छ, साथै डिमेन्सिया हुने जोखिम पनि बढाउँछ ।

एन्टीकालिनर्जिक औषधी

एन्टीकालिनर्जिक यस्तो तत्व हो, जुन पिसाब, अस्थमा तथा डिप्रेसनसित सम्बन्धि कयौ प्रकारको औषधीमा पाइन्छ । यसले नशामा बग्ने एसेटाइलकोलीनको प्रवाहलाई अवरुद्ध गर्छ र  यसले सोच्ने क्षमतामा व्यापक असर पार्ने गर्छ ।

इण्डियाना युर्निभर्सिटीको एक शोधमा उल्लेख भए अनुसार यस्ता औषधी सेवन गर्नेहरुमा मस्तिष्क खुम्चिएर तथा सुकेर सानो हुने गर्छ । त्यसैले, यस्ता मानिसलाई सोच्ने काममा लगाएको खण्डमा तब उनीहरुको क्षमतामा कमी हुने गर्छ  ।

केही अनुसन्धानकर्ताहरुले यसो हुनुमा डिमेन्सियालाई नै प्रमुख कारण नमाने पनि थुप्रै कारणमध्य एक कारण भएको स्वीकार गर्छन् ।  त्यसैले, चिकित्सकको सल्लाहमा यस्ता औषधी सिमित मात्रामा सेवन गर्न निकै जरुरी छ ।

उच्च रक्तचाप 

एन्टीकालिनर्जिकको प्रयोग उच्च रक्तचाप, अनियमित धडकन, माइग्रेन तथा ग्लूकोकाको औषधीमा समेत हुन्छ । यसबाहेक, लामो फोक्सो सम्बन्धि समस्या, कोलेस्ट्रोलको स्तर कम राख्ने तथा पेट सम्बन्धि समस्याको उपचारमा प्रयोग गरिने औषधीमा समेत यसको प्रयोग हुने गर्दछ ।

कयौ अध्ययनमा उल्लेख भए अनुसार यस्ता औषधकिो अत्याधिक सेवन गर्ने मानिसहरुमा डिमेन्सियाका लक्षण देखिएकोमा यो औषधीको सेवन बन्द गर्ना साथ सुधारको लक्षण देखा परेको थियो । त्यसैले, पनि यी सबै समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यस्ता औषधीको सेवन संयमित मात्रामा गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment