Comments Add Comment

भरतपुरमा क्रिकेट रंगशाला र रिङरोड एकसाथ अघि बढ्छ : प्रचण्ड

७, असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा सिटी हल, रिङरोड, लिंकरोड, क्रिकेट रंगशाला निर्माण एकसाथ अगाडि बढ्ने बताएका छन् ।

आइतबार भरतपुरमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोडलगायतका आयोजना निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

कलाकार धुर्मुस सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुरमै जग्गा छनोट गरेका छन् ।

भरतपुर र समग्र चितवनलाई अन्तर्राष्ट्रिय समुदायले बिशेष रुपले हेरिरहेको भन्दै प्रचण्डले भने’,म भर्खरै चीन र भारत गएर आएँ त्यहाँको समुदाय र सरकारले निकै चासोका साथ चितवनका विषयमा जिज्ञासा राखेको छ । चितवनको विकास निर्माण, संस्कृति र राजनैतिक दलका नेता कार्यकर्ताको पहल कदमी र सक्रियताका कारण सबैको ध्यान केन्द्रित भएको छ ।’

चितवनको विकास देशका लागि उत्प्रेरणा जगाउने खालको हुने प्रचण्डको दावी छ । प्रचण्डले देश परिवर्तनका लागि पारदर्शी र मेहनती बन्नुपर्ने बताए । अबको दशक विकासको दशक भएको भन्दै उनले सबैको साझा संकल्पबाट नै देश समृद्ध बन्ने जिकिर गरे ।

‘देशलाई तीब्र रुपमा विकास गर्न निजी, सार्वजनिक र सहकारीलाई संविधानले तीनखम्बे अर्थनीतिका रुपमा परिकल्पना गरेको छ’ प्रचण्डले भने, ‘भरतपुरको तरकारी तथा फलफूल बजार यसको एउटा उदाहरण हो ।’

करिब १४ करोडको लगानीमा नारायणगढ बजारको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल बजार स्थानान्तरण भई भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा व्यवस्थित रुपमा सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment