Comments Add Comment

अन्तिम खेलमा नेपाल मलेसियासँग ४-४ गोलको बराबरीमा

७ असोज, काठमाडौं । एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग ४-४ गोलको बराबरी खेलेको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले मलेसियासँग बराबरी खेल्दै अंक बाँडेको हो । नेपालका लागि कप्तान पि्रती राई, सष्मा तामाङ र सबिता रानामगरले १-१ गोल गरिन् । त्यस्तै, नेपालले एक गोल भने उपाहार स्वरुप पाएको थियो ।

यता, मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिला र विटी तामिङले १-१ गोल गरिन् ।

म्यानमारले भने समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५-१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ । म्यानमारले ३ खेलबाट सबै खेलमा जित हात पार्दै ९ अंक बनाएको हो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्स उपविजेता बनेको छ ।

३ खेलमा २ खेलमा हार र एक खेलमा बराबरी खेलेको मलेसिया तेस्रो बन्दा समान खेलमा २ मा हार र १ खेलमा बराबरी खेलेको आयोजक नेपाल समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment