Comments Add Comment

पाकिस्तानमाथि कीर्तिमानी जितसँगै भारत फाइनलमा

काठमाडौं । रोहित शर्मा र शिखर धवनको दोहोरो शतकीय साझेदारीसँगै भारतले एसिया कपमा दोस्रो पटक पाकिस्तानलाई हराएको छ र फाइनलमा स्थान बनाएको छ ।

सुपर फोरमा आइतबार भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ९ विकेटले हराएको हो । यो एकदिवसीय क्रिकेटमा पाकिस्तानमाथि भारतको ठूलो जित हो ।

पाकिस्तानले दिएको २३८ रनको लक्ष्य उसले ३९.३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शर्मा र धवनले पहिलो विकेटका लागि २१० रनको साझेदारी गरे । आउट हुनुअघि धवनले १०० बलमा ११४ रन बनाए भने रोहित ११९ बलमा १११ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । ५८ रन जोड्दा ३ विकेट गुमाएको पाकिस्तानको पारी सर्फराज अहमद र शोएब मल्लिकले सम्हालेका थिए ।

सर्फराज ४४ रनमा आउट भए । पाँचौं विकेटका रुपमा आउट हुनुअघि मल्लिकले आसिफ अलीसँग मिलेर पाकिस्तानको स्कोर २०० कटाएका थिए । मल्लिकले ७८ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment