Comments Add Comment

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा सिजनको पहिलो बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले जिरोनासँग २–२ को बराबरी खेलेको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा १९ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, ३५ औं मिनेटमा लेङलेटले रातो कार्ड पाए ।

४५ औं मिनेटमा जिरोनाका स्टुआनीले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याए । दोस्रो हाफको सुरुमा नै स्टुआनीले नै दोस्रो गोल गर्दै जिरोनाले अग्रता लियो ।

तर, ६३ औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

बराबरीपछि बार्सिलोनाको १३ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । तर, दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान १३ अंक नै छ ।

सुरुवाती चार खेल जितेको बार्सिलोना त्यसलाई निरन्तरता दिन चाहन्थ्यो । गत सिजन जिरोनालाई ६–१ ले हराएका कारण पनि बार्सिलोना त्यसमा विश्वस्त देखिन्थ्यो । तर, लेङलेटको रातो कार्ड महंगो सावित भयो । जिरोनाका समर्थकहरुले भने यो रिजल्ट बार्षौ सम्झनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment