Comments Add Comment

लिग वानमा पीएसजीको लगातार छैटौं जित

८ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा लगातार छैटौं जित निकालेको छ ।

फ्रेन्च लिग वान फुटबलमा आइतबार राति भएको खेलमा रेन्नेसलाई ३-१ गोलअन्तरले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको हो । पीएसजीको जितमा एन्जल डी मारिया, थोमस म्युनिर र एरिक म्याक्सिमले गोल गरे ।

सुरुवाती अग्रता भने रेन्नेसले खेलको ११ औं मिनेटमा नै लिएको थियो । पीएसजीका एडि्रन राबिओटले आत्मघाती गोल गरेपछि रेन्नेसले अग्रता बनाएको थियो ।

खेलको ४५ औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई १-१ गोलको अवस्थामा पुर्‍याएका थिए । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दै जित निकालेको हो ।

खेलको ६१ औं मिनेटमा म्युनिरले गोल गर्दै पीएसजीलाई २-१ गोलको अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा म्याक्सिमले गोल गर्दै पीएसजीलाई ३-१ गोलको स्थितिमा पुर्‍याएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पीएसजीले ३-१ गोलले जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment