Comments Add Comment

तान्जानियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या २२४ पुग्यो

८ असोज, काठमाडौं । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको फेरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेले फेरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार जानकारी गराउँदै अब कोही जीवित पाइने आशा झिनो रहेको बताए ।

उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेपछि आफन्तहरूलाई मृत शरीर हस्तान्तरण गरिएको छ ।

तान्जानिया सरकारले आइतबार एक दिन शोकको घोषणा गरेको छ । आइतबार पहिचान भएका १० मृतकलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि तान्जानियामा शोकको घोषणा भएको हो ।

फेरीको भारबहन क्षमताभन्दा दोब्बर संख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको बताइएको छ । यहाँको प्रशासनले फेरी कम्पनीसँग आवद्ध केही जनालाई पक्राउ गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment