Comments Add Comment

एभर्टनमाथि आर्सनलको जित

८ असोज, काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलले आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै २ गोल गरेर नतिजा आफ्नो पक्षमा पारेको हो । दोस्रोको ३ मिनेटभित्र आर्सनलले २ गोल गरेको हो ।

खेलको ५६ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा आबुमियाङले अर्को गोल गरेपछि आर्सनलले दोब्बर अग्रता बनाएको थियो । बाँकी समयमा आर्सनललाई रोक्न सकेपनि एभर्टनले गोल गर्न भने सकेन ।

६ खेलमा चौथो जित निकालेको आर्सनल लिगको छैटौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment