Comments Add Comment

युभेन्टसको जितमा रोनाल्डोको टर्निङ प्वाइन्ट गोल

८ असोज, काठमाडौं । इटालियन सिरी–ए फुटबलमा युभेन्ट्सले फ्रोजिनोनलाई पराजित गरेको छ ।

सिरी–ए अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले फ्रोजिनोनलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गर्दै लिगमा लगातार पाचौ जित निकालेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नानडेचीले गोल गरे ।

युभेन्टसको जितमा रोनाल्डोको गोल टर्निङ प्वाइन्ट सावित बन्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ८१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटसम्म युभेन्टसलाई रोक्न सफल भएको फ्रोजिनोनले त्यसपछि भने बचाउन सकेन ।

खेलको ९० औं मिनेटमा बर्नानडेचीले गोल गर्दै युभेन्ट्सलाई दोब्बर अग्रता दिलाएका थिए । अन्तिम समयमा युभेन्टसले गोल गरेसँगै फ्रोजिनोनलाई २–० गोलले पराजित गरेको हो ।

इटालियन सिरी–ए अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा नेपोलीले टोरिनोलाई ३–१ गोलले पराजित गरेको छ । त्यस्तै, बोलोग्नाले रोमालाई २–० ले लाजियोले गिनोयालाई ४–१ र उडनेसीले चिएभोलाई २–० गोलअन्तरले पराजित गरेका छन् । यता, एसी मिलान र एटलान्टाले २–२ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment