Comments Add Comment

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान

८ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पदोन्नति भएका दुर्इ उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषदकाे असोज ०५ गतेको निर्णयबाट उपरथी दर्जामा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेतापति थापाले दुवै उपरथीको कार्यकाल सफलताको कामना गरे ।

यसैबीच, उपरथीमा बढुवा भएका भण्डारीलाई श्री संभाररथीेको कार्यालय र नरेश चन्द्र भट्टलाई व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment