Comments Add Comment

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

८ असोज, काठमाडौं । उपराष्ट्रपनि नन्दबहादुर पुन ६ दिने चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरे ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन पुन चीन गएका थिए । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेला’को उदघाटन समारोहलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment