Comments Add Comment

प्यान प्यासिफिक ओपनमा ओसाकाको अप्रत्यासित हार

काठमाडौं । यूएस ओपन च्याम्पियन नाओमी ओसाकाले प्यान प्यासिफिक ओपनको फाइनलमा अप्रत्यासित हार व्यहाेरेकी छन् ।

जापानकी ओसाकाले टोक्योमा जित हात पार्दै घरेलु समर्थकलाई खुसी दिने अनुमान थियो । तर, क्लारोलिना प्लास्कोवाले ६–४ र ६–४ को सेटमा जित निकालेकी छन् ।

प्लास्कोवाले ओसाकाको १० खेलमा अपराजित यात्रालाई मात्र ६३ मिनेटमा अन्त्य गरेकी छन् ।

हारेपछि २० वर्षीया ओसाकाले भनिन्, ‘मैले जीवनामा यति थकित महसुस कहिल्यै गरेको छैन ।’ उनले आगामी प्रतियोगिता खेल्ने सम्भावना निकै कम रहेको बताइन् ।

करियरको ११ औं उपाधि जितेपछि चेककी २६ वर्षीया प्लास्कोवाले भने खेलका क्रममा नाओमी केही थकित देखिएको तर, उनको भविश्य उज्वल भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment