Comments Add Comment

‘छिरिङ्ग’को ‘ए कान्छा मलाई’ रिलिज

असोज १२ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘छिरिङ्ग’मा समावेश ‘ए कान्छा मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा यश कुमार र सुनिता थेगिमको स्वर छ । अम्बर गुरुङ र यश कुमारको संगीत रहेको यो गीतमा पासाङ बङ्बाल र यश कुमारको शब्द छ ।

यो गीत अरुणा लामा र रुद्र गुरुङले गाएका थिए । नेपाली जनमानसमा यादगर बनेको यो गीतलाई यश कुमारले रिमेक गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार यो चलचित्रलाई यश कुमार आफैले निर्देशन गरेका हुन् । यो चलचित्रमा निमा रुम्बा, यश कुमार र कामना भुजेलको अभिनय छ ।

आइ बी दर्लान, सुनिल माथेमा प्रधान र नविन वुढाथोकी यो चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment