Comments Add Comment

गुल्मीमा सुनका गहना चोर्ने एकजना पक्राउ

८ असोज, गुल्मी । गुल्मीमा सुनका गरगहनासहित एकजना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका-९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

नेपालीले रेसुङ्गा नगरपालिका-११ सिमीचौर घर भएकी बसन्ती भुसालको मंगलसुत्र, क्लिप एक-एक थान, औठी २ थान, झुम्का १ थान चोरी गरेको प्रहरीले जनाएको छ ।

भुसाल माइती गएको मौका छोपी गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिबबहादुर खत्रीले बताए ।

नेपालीलाई शंकास्पद अबस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले तम्घासबाट पक्राउ गरेको थियो । प्रहरीले ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

चोरी गरेको कसुरमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजार देखि ५० हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

गत वर्षको असारमा नेपालीले बिभिन्न किसमिका मोवाइलहरु चोरी गरेको कसुरमा ४५ हजार धरौटी राखी तारेखम छुटेको प्रहरी नायब निरीक्षक खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment