Comments Add Comment

गोमन सर्पदेखि गोहीसम्म, यी व्यक्तिको घरभित्र छन् ४ सय भयानक जनावर

उनको घरभित्र गोमन सर्प घुमिरहेको देखिन्छ । ५० किलो तौलको कछुवा बाहिर बगैँचामा डुलिरहेको हुन्छ । बेडरुममा जानुभयो भने मज्जाको ओछ्यानमा एउटा घडियाल सुतिरहेको हुन्छ । आखिर कस्तो घर हो यो ?

देख्दैमा विचित्र तथा डरलाग्दो लाग्ने यो घर फ्रान्सको नान्टेसमा रहेको छ ।

६७ वर्षका फिलिप जिलेटले आफ्नो घरमा एकदुई वटा होइन पूरै ४ सय पूकारका खतरनाक जिवजन्तु पालेका छन् ।

पछिल्लो २० वर्षदेखि फिलिप यस्ता खतरनाक जिवजन्तुसँग बस्दै आएका छन् ।

घरभित्र हरेक जिवजन्तुलाई आफ्नै खालको वातावरण प्रदान गरिएको छ । छुट्टाछुट्टै बस्ने प्रबन्ध गरिएको छ ।

उनी आफुले पालेका सबै जिवजन्तुलाई आफैले खाना खुवाउछन् र आफ्नै सन्तानलाई जस्तो माया गरी राखेका छन् ।

उनका अनुसार मानिसले जनावरको आनीबानी र गुण नबुझ्नाले जनावरहरुमाथि नराम्रो व्यवहार गर्ने गरेका हुन् । जब मान्छेले जनावरलाई बुझ्दछन् तब आफै जनावरसँग नजिकिने उनको भनाई छ ।

घरमा पालेका दुईवटा घडियाल गोहीको नाम उनले ऐली र गेटर राखेका छन् । उनले गोहीको छाला उत्पादन गर्ने कारखानाबाट उद्धार गरी ती गोही ल्याएका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment