Comments Add Comment

अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी पूरा, विदेशी पाहुनाहरु धमाधम काठमाडौं ओर्लिदै

८ असोज, काठमाडौं । २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी पूरा भएको बीमा समितिले जनाउको छ । मंगलबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सम्मेलनमा २० राष्ट्रका करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । २० राष्ट्र मध्ये सोमबार बिहानसम्म ११ राष्ट्रका प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेको निर्देशक पौडेलले बताए । बाँकी देशका प्रतिनिधिहरु सोमबार साझ र केही मंगलबार बिहान काठमाडौं आइपुग्ने उनको भनाइ छ ।

‘सम्मेलनमा सहभागी हुन विभिन्न देशहरुबाट पाहुना आउने क्रम जारी छ’ निर्देशक पौडेलले भने, ‘धेरै जसो सोमबार साझसम्म काठमाडौं ओर्लिसक्नु हुनेछ भने केही राष्ट्रका प्रतिनिधि भने मंगलबार बिहान काठमाडौं ओर्लिनु हुनेछ ।’

पाहुनाहरुको स्वागतमा रात्री भोज

बीमा सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनाहरुका लागि बीमा समितिले सोमबार साझ रात्री भोजको समेत आयोजना गरेको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका प्रतिनिधिहरु सोमबार नै काठमाडौं ओर्लिने भएका कारण समितिले साझका लागि होटल सोल्टीमा रात्री भोज आयोजना गरेको हो ।

सोल्टीमा सोमबार साझ रात्री भोज आयोजना हुने र मंगलबार बिहान होटल सोल्टी मै सम्मेलनको उद्घाटन हुने अध्यक्ष चापागाईंले बताए ।

यस्तो सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको थियो । करिब २ दशक पछि सम्मेलन आयोजना गर्न पाएको अवसरको भरपुर सदुपयोग गर्ने तयारी समितिले गरेको छ ।

यसअघि सन् १०१६ मा बहराइनमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment