Comments Add Comment

नबिल बैंकका कार्ड प्रयोगकर्ताले ग्रान्डी अस्पतालमा विशेष छुट पाउने

८ असोज, काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ दशमलब ५ प्रतिशत छुट पाउने भएका छन् ।

सेवाग्राहीलाई छुट र सुविधा दिने गरी नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएको हो ।

उक्त विषेश छुट बाहृय सेवा, औषधी तथा चिकित्सकीय सामग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिरङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने, ‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ ।’

ग्रान्डी अस्पतालका प्रमुख संचालन अधिकृत सेवानिवृत्त महासेनानी अमृत खन्नाले भने, ‘नेपाली नागरिकलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुशि लागेको छ र यो सम्झौताले सेवामा थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment