Comments Add Comment

‘ठग्स अफ हिन्दुस्तान’मा ‘फिरङ्गी’ आमिर

बलिउडका चर्चित नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् ।

उनै, आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन पोष्टर रिलिज गरिएको छ ।

यसअघि चलचित्रका मुख्य कलाकार अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना सेख लगायतको मोसन पोष्टर सार्वजनिक भैसकेको छ ।
यो चलचित्रमा आमिर ‘फिरङ्गी’को भूमिकामा देखिएका छन् ।

गधामाथि बसेका आमिरको गेटअप विल्कुल फरक छ । यसैले यशराज ब्यानरमा निर्माण भएको यो चलचित्रमा आमिरले फेरि धुम मच्चाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment