Comments Add Comment

राष्ट्रिय गौरवका आयोजना धेरै भएः पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

८ असोज, चितवन । नेकपाका स्थायी समितिका सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या धेरैं भएको बताएका छन् । २१ ब्टा राष्ट्रिय गौरवका आयोजना हुनु तर वजेट नहुनु दुर्भाग्य भएको नेता पाण्डेको भनाइ छ ।

अहिलेको अवस्थामा हेर्दा ४० खर्व रकम यी आयोजनाका लागि आवश्यक पर्ने तर, वजेट सबै विकासको गरेर ४ खर्व मात्रैं हुँदा समयमा नै कुनै आयोजना सम्पन्न गर्न नसकिएको नेता पाण्डेले दावी गरे ।

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभालाई सम्वोधन गर्दै नेता पाण्डेले भने, ‘मैंले नै राष्ट्रिय गौरवका आयोजनाहरुमा काम सुरु गरेको हुँ तर आज हेर्दा धेरैं आयोजना बनाउनु गलत भएछ की भन्ने लाग्छ, अब यसलाई घटाएर ३/४ वटामा बजेटले धान्न सक्ने मात्रैं गराउनुपर्ने देखियो ।’

वजेटको सुनिश्चिता नभइकन नै आयोजनाहरुको काम हुने परम्परागत कार्यशैंलीमा अब परिवर्तन आवश्यक भएको उनको भनाइ छ । समग्र चितवनको विकासका लागि पनि प्राथमिकता निर्धारण गरी सिमिति आयोजनामा मात्रै पहिला काम गरिनुपर्ने नेता पाण्डले बताए ।

देवघाटदेखि निकुञ्जको अन्तिम बिन्दुसम्म मात्रैं बोटिङको काम गर्न सके यहाँका स्थानीय तहले मनग्य पैसा कमाउन सक्ने सुझाव नेता पाण्डेले दिए ।

चितवनका जनताको प्रतिव्यक्ति आम्दानी वृद्धि गर्न र विकासमा एकीकृत गराउन योजना बनाउन पार्टी अध्यक्ष प्रचण्डसहित बसेर गम्भिर छलफल गर्नुपर्ने बेला आएको नेता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment