Comments Add Comment

जगदम्बा कंक्रिटो प्रयोग गर्दा १० देखि ७५ प्रतिशतसम्म बचत

८ असोज, काठमाडौं । जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय पि्र कास्ट निर्माण सामग्रीहरु हालै बजारमा ल्याएका छन् । सिमेन्ट, स्टिील्स्, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री-बितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका उद्योगीहरुले जगदम्बा कंकि्रटो नामक उद्योगबाट ब्लक, बि्रक, पेभर, को साथसाथै अन्य पि्र-कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन लगायतको उत्पादन थालेका छन् ।

कम्पनीको मुख्य उद्देश्य उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्नु रहेको छ । त्यसैले यस उद्योगद्धारा उत्पादित निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानिमा १० देखि ७५ प्रतिसत सम्म बचत हुने कुरा कम्पनिले जनाएको छ ।

परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकार आकारमा एकरुपता भएको, आकर्षक, प्रदुषण कम गर्ने उर्वर जमिनको खति नहुने, लागत कम लाग्ने जस्ता विभिन्न विशषताले भरिएका यस किसिमका उत्पादनहरु निर्माणका हरेक संरचनाहरुलाई अति उपयोगी हुने कम्पनीले जनाएको छ ।

घर, हाउजिङ, अपाट्रमेन्ट, सपिङ्गकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ्गमा गुणस्तरीयता तथा आधुनिक्ता पाउने कुरामा कंम्पनी विश्वस्थ रहेकोछ ।

साथै यस्ता बस्तुहरु विभिन्न गौरवमय आयोजनाहरुमा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुने देखिन्छ । कंम्पनीको अनुसार यस उद्योगद्धारा उत्पादित विभिन्न वस्तुहरुको प्रयोग गरेको खण्डमा निर्मित संरचनाहरु आकर्षक देखीनुका साथै दीर्घकालीन रुपमा दिगो समेत हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment