Comments Add Comment

मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

८ असोज, डोटी । डोटी जिल्ला शिखर नगरपालिका-१० मा मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरको ७ वर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको हो ।

केआईसिंह गाउँपालिका-४ वायल निवासी २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से१प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका बलायरको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

मोटरसाइकल र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment