Comments Add Comment

महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद

८ असोज, महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७ लाख रुपैयाँको सामान बरामद गरेको छ । भन्सारको टोलीले मनरासिस्वा नगरपालिका २ बाट १७ लाख ५० हजार भन्दा बढीको सामग्री बरामद गरेको हो ।

जलेश्वर भन्सार कार्यालय र सशस्त्र प्रहरी बल राजेश्वर गुल्मसमेतको संयुक्त टोलीले वेवारिसे अवस्थामा तस्करीको सामान वरामद गरेको जनाएको छ । कार्यालयले रेडिमेड कपडा र सुर्तीसहित एक भारतीय नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । बरामद सामानमा ९ गाठ सुटिङ , ३ गाठ सर्टिङ, रेडिमेड साडी २ गाठ र सुर्ती ११ बोरा रहेको छ ।

राजश्व नतिरी चोरी पैठारी गरी नेपाल भित्र्याइएको सामानहरु भन्सार कार्यालयले जफत गर्न सफल भए पनि सामग्री ल्याउने भने भागेको जलेश्वर भन्सार कार्यालय प्रमुख केशव भण्डारीले जानकारी दिए ।

भन्सार प्रमुख भण्डारीले जफत सामग्रीमध्ये रेडिमेड तथा सुटिङ सर्टिङका कपडाहरु दशैं लक्षित गरेर नेपाली व्यापारीका लागि ल्याइएको हुनसक्ने बताए ।

बरामद मालसामनको सम्बन्धमा अनुसन्धान भइरहेको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । वरामद भएको सो सामान भारतीय सिमावर्ती क्षेत्रबाट तस्करहरुको समूहले भन्सार छली ल्याएको हो ।

सीमा नाकाबाट तस्करी हुने अधिकांश मालसामान पक्राउ परे पनि तस्करीमा संलग्नहरु भने सहजै उम्किने गरेका छन् । भन्सार कार्यालयसंग सेटिङ नमिल्दा मात्रै यस्ता सामानहरु पक्राउ पर्ने गरेको स्रोतले जनाएको छ ।

तस्करीका सामान पक्राउ परे पनि लिलाम बिक्रीमार्फत तिनै तस्कर र व्यपारीहरुको समूहले सामान पाउने गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment