Comments Add Comment

साढे तीन लाख तिर्न नसक्दा दुई नेपाली चिनियाँ जेलमा

८ असोज, काठमाडौं । भिजिट भिसामा गएर काम गरिरहेका दुई नेपालीलाई चीनको अध्यागमन विभागले हिरासतमा राखेको छ ।

ग्वान्झाउ, लुचिङ्लुस्थित रेष्टुरेण्टमा कार्यरत गोपाल खत्री र सुजनप्रसाद नेपाललाई दुई महिनादेखि बन्दी बनाएर राखिएको गैरआवासीय नेपाली संघ, चीनका एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘वर्क परमिट’ नलिएर काम गरेबापतको जरिवाना बुझाउन नसक्दा उनीहरू हिरासतमा रहेका हुन् । जनही करिब साढे तीन लाख (२० हजार आरएमबी) रुपैयाँ बुझाए उनीहरू छुट्न सक्ने संघका ती पदाधिकारी बताउँछन् ।

उनका अनुसार खत्री र नेपाल कार्यरत कोहीनुर रेष्टुरेन्टका सञ्चालक मीनबहादुर श्रेष्ठले उनीहरूको रिहाइका लागि पहल गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment