Comments Add Comment

गर्भावस्था लुकाएको बारे नेहाले दिइन् यस्तो प्रष्टिकरण

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेलगत्तै गर्भवती भइन् । धेरैले उनले बिहे अगाडि नै पेट बोकिसकेको आशंका पनि गरेका छन् ।
तर, गर्भवती भएको ६ महिनासम्म उनले यो खबर लुकाएकी थिइन् । उनका पति अंगद बेदीले त श्रीमती गर्भवती नरहेको दावी नै गरेका थिए । तर, अन्ततः दुवैले यो कुरा स्वीकार गरे । अहिले नेहाको पेट निकै ठूलो भइसकेको छ ।

एक अन्तरवार्तामा नेहालाई आफ्नो गर्भावस्था ६ महिनासम्म मिडियासँग लुकाउनुको कारण सोधियो । उनले हाँस्यास्पद जवाफ दिइन् ।
नेहाले भनिन्, ‘मलाई डर थियो कि म गर्भवती भएको थाहा पाएपछि मानिसहरुको हेर्ने नजर बदलिने छ र मैले काम पाउन पनि छाड्नेछु । म निरन्तर काम गर्न चाहन्थेँ ।’

उनले आफ्नो पेट बाहिर प्रष्ट देखिन थालेपछि भन्न बाध्य भएको बताइन् । ‘मैले गर्भवती भएपछि पनि आफ्नो काम जारी राखेँ । एउटा फिल्मको सुटिङ सिध्याएँ,’ उनले भनिन् ।

बच्चा नपाउँदासम्म आफूले विश्राम नलिने नेहाले बताइसकेकी छन् । उनी हालै एउटा र्‍याम्प शोमा पतिसित क्याटवाक गर्न पुगेकी थिइन् । ठूलो पेट लिएर उनले क्याटवाक गर्दा विचित्र देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment