Comments Add Comment

मणिको आरोप-एन्फाको निर्वाचनमा ब्यापक अनियमितता

८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वबरिष्ठ उपाध्यक्ष मणि कुवँरले एन्फाको निर्वाचनमा ब्यापाक अनियमितता भएको आरोप लगाएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका मणि कुवँरले सोमबार पत्रकार सम्मेलन गरी गत वैशाखमा सम्पन्न एन्फाको चुनावमा कर्माछिरिङ शेर्पा पक्षले ब्यापक अनियमितता गर्दै निर्वाचित भएको आरोप लगाएका हुन् ।

मणि पक्षले ६ वटा बुँदामा आर्थिक चलखेल गरी चुनाव जितेको उल्लेख गरेका छन् । निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको, मतदाताहरूलाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रत्यक्ष प्रभावित पारी नेपालका विभिन्न स्थान र भारतमा लगेर ठूलो धनराशी खर्च गरेको आरोप मणि पक्षको छ ।

यस्तै, एन्फा चुनाव लगतै मतदातालाई युरोप भ्रमण गराएको, न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पारेको र निर्वाचन दौरानमा मतदाता तथा अन्य सहयोगिलाई सयौंको संख्यामा हावाई टिकट उपलब्ध गराएको आरोप मणि पक्षले आरोप लगाएको छ ।

‘आर्थिक चलखेल गरेको सबै प्रमाणसहित विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) मा पठाइ सकेको छु,’ पत्रकार सम्मेलनमा मणिले भने, ‘उहाँहरूले निर्णय के गर्नुहुन्छ त्यो कुरेर बसेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment