Comments Add Comment

सलमानको दुखः फिल्मको नाम फेर्दा पनि पाएनन् सुख

भारत हिन्दू राष्ट्र नभए पनि कट्टर हिन्दूवादीहरुको त्यहाँ निकै बोलबाला छ । यसको असर फिल्म इन्डष्ट्रीमा पनि पर्ने गर्छ । हालै मुस्लिम अभिनेता सलमान खान आफ्नो फिल्मको नाम बदल्न वाध्य भए । हिन्दूवादीहरुको आपत्ति पछि उनले ‘लवरात्री’ लाई लवयात्री बनाएका थिए । तर, यति गर्दा पनि उनले सुख पाएका छैनन् ।

गुजरातको उच्च अदालतले सलमानको प्रोडक्सन कम्पनीलाई नोटिस पठाएको छ । सो अदालतमा दुई हिन्दू संगठनले सलमानको फिल्मलाई प्रतिवन्ध लगाउनुपर्ने मागसहित मुद्दा दिएका थिए । त्यसपछि अदालतले गुजरात सरकार र सेन्सर बोर्डलाई पनि चिठी पठाएको छ ।

यसबाट सलानको फिल्म गुजरातमा प्रदर्शन नहुने सम्भावना बढेको छ । यसअघि सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावत’ पनि यस्तै विवादमा मुछिएर गुजरातमा प्रतिबन्धित बनेको थियो ।

सलमानले आफ्ना ज्वाईं आयूष शर्मालाई डेब्यू गराउँदै यो फिल्म निर्माण गरेका हुन् । प्रेमकथामा आधारित फिल्ममा नवरात्रीको प्रसंग पनि छ र फिल्मलाई नवरात्रीकै सेरोफेरोमा प्रदर्शन गर्ने तयारी छ । हिन्दूवादीहरुले भने यो फिल्मले नवरात्रीको अपमान गर्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment