Comments Add Comment

महिलाले गर्नैपर्छ प्याप स्मेयर परीक्षण ?

४० वर्ष उमेर कटेका महिलालाई चिकित्सक प्राय प्याप स्मेयर टेष्ट (प्याप टेष्ट ) गर्न सल्लाह दिने गर्छन् । वर्षमा कम्तीमा एक पटक प्याप स्मेयर टेष्ट गरेको खण्डमा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

प्याप स्मेयर टेष्ट महिलाहरुको पाठेघरको मुखमा गरिने विशेश किसिमको जाँच हो । यो जाँच पाठेघरको मुखमा क्यान्सर छ  कि छैन भनेर पत्ता लगाउन गरिन्छ ।

प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिकाहरु निकालेर परीक्षणको लागि ल्याबमा पठाइने गरिन्छ । यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पिडा महसुस हुँदैन । तथापी, यो टेष्ट गर्नका लागि स्पेक्टुल  (एक प्रकारको औजार)को प्रयोग गरिने हुदाँ महिलालाई थोरै अप्ठेरो महसुस हुनसक्दछ ।

के हो प्याप स्मेयर टेष्ट ?

महिलाको पाठेघरको मुखमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनको लागि यो टेष्ट गरिन्छ । त्यस्तै, यौन रोगको संक्रमण छ कि छैन भनेर तथा यौन सम्पर्कबाट सर्ने रोगबारे पत्ता लगाउनको लागि पनि यो टेष्ट गरिन्छ ।

यो टेष्टले क्यान्सर हुनु अगावै पाठेघरको मुखमा रहेको असामान्य कोषिका पत्ता लगाउन मद्दत गर्ने हुदाँ क्यान्सर रोगको जोखिम कम गर्न पनि चिकित्सकहरु प्याप स्मेयर टेष्ट गर्न सल्लाह दिने गर्दछन् ।

पहिले गरेको प्याप स्मेयर टेष्टमा कुनै किसिमको जटिलता उत्पन्न भएमा, एचआईभी भएमा तथा प्रतिरक्षा प्रणाली कमजोर भएमा चिकित्सकहरु प्याप स्मेयर टेष्ट गर्न सल्लाह दिने गर्छन् ।

त्यसबाहेक, ६५  वर्ष उमेर पारे गरेका महिलाको पाठेघर निकालेको छ भने, उनीहरुको सामान्य प्याप स्मेयर टेष्ट भएको छ भने पनि त्यस्ता महिलामा प्याप स्मेयर टेष्ट जरुरी छ ।

त्यसबाहेक, २१ देखि ६५ वर्ष उमेरका महिला तथा २१ देखि २९ वर्ष उमेर समुहका महिलाहरुले पनि प्रत्येक तीन वर्षमा प्याप स्मेयर टेष्ट गर्न जरुरी छ ।

प्याप स्मेयर टेष्टका क्रममा क्यान्सरको कोषिका फेला पर्दै क्यान्सर नै हुन्छ भन्ने छैन । यसको लागि वायोप्सी गर्न जरुरी छ ।        कहिलेकाही प्याप स्मेयर टेष्ट एचपीवी (ह्युमन पैपिलोमाभाइरस)को चेकजाचका लागि पनि उपयोग गरिन्छ । एचपीवी एक प्रकारको भाइरस हो, जो कोशिकामा परिवर्तित भई क्यान्सर हुनसक्छ । पाठेघरको मुखको क्यान्सर हुनुमा एचपीवी प्रमुख कारण हुनसक्छ । किनकी एचपीवीबाट संक्रमित हुने व्यक्रिमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च हुने गर्छ ।

किन गरिन्छ ?

विश्वमा क्यान्सरका कारण महिलाको मृत्यु हुने मध्य पाठेघरको मुख्यको क्यान्सर चौथो कारण मानिन्छ । नियमित रुममा पेपनिकालाओ टेष्ट वा पैप स्मयेर टेष्ट गर्नु पाठेघरको मुखको क्यान्सको पत्ता लगाउने सबैभन्दा राम्रो उपाय मानिन्छ । यसमा पाठेघरको मुखबाट लिईको कोशिकालाई माइक्रोस्कोपिक परीक्षण गरिन्छ ।

कसरी गरिन्छ, प्याप स्मेयर टेष्ट ?

प्याप स्मेयर टेष्ट गर्दा विरामीलाई बेडमा सुताइन्छ । त्यसपछि नरम ब्रश तथा प्लाष्टिक स्पैटुलाको प्रयोगद्धारा चिकित्सकले पाठेघरको मुखमा भएको कोशिकालाई एकत्रित गरी त्यसलाई परीक्षणको लागि ल्याबमा पठाउने गर्दछन् ।

यस्ता टेष्ट महिनावारी भएको समयमा भने गर्न मिल्दैन । जबकी महिनावारी भएको अन्तिम पाच दिन पश्चात्त यो जाँच गर्न सकिन्छ ।  यस्तो  जाँच गर्दा यसको परिणाम पनि असामान्य तथा असामान्यगरी भिन्नाभिन्नै प्रकारको आउने गर्दछ ।

सामान्य प्याप स्मेयर

प्याप स्मेयरको नतिजा सामान्य आएमा त्यसले पाठेघरको मुखको कोषिका सामान्य रहेको जनाउ गर्छ । यद्यपी, चिकित्सकहरु उमेर तथा इतिहासको आधारमा तीन देखि पाच वर्ष भित्रमा कम्तीमा एक पटक प्याप स्मेयर स्कि्रनिङ्ग गर्न सल्लाह दिने गर्दछन् । तर कहिलेकाही नमुना परीक्षणका क्रममा नमुनामा पर्याप्त कोषिका नभएका कारण तथा अन्य समस्याका कारण प्रयोगशालालाई उक्त परीक्षण गर्नमा कठिनाई हुने गर्छ । त्यस्तो बेला चिकित्सकहरु पुन परीक्षणको लागि सुझाव दिने गर्दछन् ।

असामान्य प्याप स्मेयर

यदी पाठेघरको मुखमा असामान्य कोषिका भएको फेला परेमा पनि चिकित्सकहरु थप परिक्षण गर्न सल्लाह दिने गर्छन् । धेरै जसो अवस्थामा कोषिका असामान्य हुदैमा क्यान्सर नै हुन्छ भन्ने हुँदैन । तर समयमै उपचार नगरेको तथा सावधानी नअपनाएमा यस्ता कोषिका क्यान्सरको कोशिमा बद्लिने हुदाँ यस्ता असामान्य कोषिकालाई तुरुन्तै पहिना गरी उपचार गर्न आवश्यक छ ।

प्याप स्मेयर टेष्ट गर्दा अपनाउनु पर्ने सावधानी ?

सामान्यतया, यो टेष्ट गरेको २४ देखि ४८ घण्टा पहिला यौन सम्पर्क नगर्न चिकित्सकहरु सल्लाह दिने गर्दछन् । त्यस्तै, योनी सम्बन्धि कुनै क्रिमको प्रयोग नगर्न सुझाव दिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment