Comments Add Comment

‘मन्थन’: नेपालजीत लामाको बृतान्त

नेपालजीत लामा लेखक होइनन् । तर, उनको पुस्तक तयार भएको छ । पुस्तक हो, मन्थन । हालै पुस्तक ‘मन्थन’को लोकापर्ण गरियो ।

लामाको चिनारी राजनीति र समाजसेवासँग जोडिएर आउँछ । त्यही कारण उनको पुस्तकको घुम्टो उतार्न राजनीतिकर्मीको बढी उपस्थिती देखियो । साहित्यकार तथा पूर्व सांसद नारायण ढकाल, माननिय कृष्ण राई, सांसद रामेश्वर फुयाँल, सांसद छिरिङ दोर्जे लामा, पूर्व राजदूत डा. गणेश योन्जन, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त रुपमा पुस्तकको घुम्टो उघारेका हुन् ।

लामा बौद्ध क्षेत्रमा सक्रिय समाजसेवी हुन् । तर, पुस्तकमा उनको आत्मरती होइन, जीवन भोगाईका फरक आयम समेटिएको छ ।

घोष्टराईटिंग नेपालका अध्यक्ष ढकालले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भईरहेकोमा यो किताब फरक रहेको बताउँदै भने, ‘अक्सर लेखकले मैले गुन्डागर्दी गर्थे, म मुर्ख थिएँ, मैले टयाब र रक्सि खान्थं भन्ने कुरा लुकाउँछन् । तर, उहाँले यावत् कुरा खुलाउँदै कसरी आफुले सही मार्गदर्शन पाएँ र सही बाटो समाते भन्ने कुरा लेखेका छन् ।’

आत्मवृतान्त मा आधारित मन्थन घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो । पुस्तकको मुल्य ३५० रुपैंया रहेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment