Comments Add Comment

दुई उपरथीलाई दर्ज्यानी चिन्ह

८ असोज, काठमाडौं । मन्त्रीपरिषद् स्तरीय निर्णयबाट उपरथीमा बढुवा भएका दुई सहायक रथीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

सोमबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

कल्याणकारी योजना निर्देशनालयमा कार्यरत् भण्डारी र रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयमा कार्यरत् भट्टलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बढुवापछि भण्डारीको संभार रथी र भट्टको व्यवस्था नीति तथा योजना महानिर्देशनालयमा सरुवा भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment