Comments Add Comment

बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पायो : मुख्यमन्त्री राई

८ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सात महिनापछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् ।

उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुदै आएको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रसाशनिक कार्यालयका रुपमा विराटनगरमा कृषि विकास निर्देशनालयको सोमबार उद्घाटन गर्दै भने, ‘प्रदेश सरकारकोे मुख्यमन्त्रीको हैसियतमा गुद्रीमा बसेको काम थालेको थियौ, अब प्रदेश सरकारले कार्यकारी हैसियत पाएको छ’ उनले भने ।

प्रदेश सरकारको मताहतका दुई कार्यालय स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालय पनि आगामी ११ असोजमा धनकुटामा स्थापना गरिने जानकारी दिए ।

कृषि विकास निर्देशनालयक स्थापना

प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना गरिएको छ ।साविकको जिल्ला कृषि कार्यालय रहेको भवनमा प्रदेश सरकारको पहिलो औपचारिक प्रसाशनिक कार्यालयका रुपमा कृषि बिकास निर्देशनालय स्थापना गरिएको हो ।

प्रदेश १ को सरकार ३ फागुनमा गठन भएको थियो । उसअघि उसँग मन्त्रालयबाहेका अन्य काम गर्ने प्रशासनिक कार्यालय रहेका थिएनन् । यो कार्यालयको स्थापनासँगै प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले प्रसाशनिक काम गर्ने बाटोसमेत खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment