Comments Add Comment

नुरप्रसाद अधिकारी पक्राउ, ज्यान मुद्दामा अनुसन्धान थालियो

८ असोज, काठमाडौं । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् ।

ज्यान मुद्दामा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट ७ दिनका लागि अनुमति लिएको छ ।

परिसरका एसपी शेखर खनालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आइतबार उच्च अदालत पाटनमा तोडफोड गर्दै त्यहाँका अधिकृतलाई लक्षित गरेर आक्रमण गरेपछि उनलाई पक्राउ गरिएको हो ।

‘उच्च अदालतले अनुसन्धानको माग गर्दै पत्राचार नै गरेपछि हामीले नियन्त्रणमा लिएका हौं’, खनालले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार जग्गासम्बन्धी मुद्दामा जिल्ला अदालत, काठमाडौंले उनीविरुद्ध फैसला गरेको थियो । त्यसपछि उच्च अदालत पुगेका उनी पुनः जिल्लाकै आदेश सदर भएपछि तोडफोड र आक्रमणमा उत्रिएका थिए ।

उनको मुद्दा न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलासले फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment